आज नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on: 05 Sep, 2023

भदौ १९, काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको जनाएको हो ।

मंगलबार सुनको मूल्य १ लाख १२ हजार ७ सय रुपैयाँमा रहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ सय ५० रुपैयाँमा रहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो भने   तेजाबी सुनको मूल्य १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो |

त्यस्तै चाँदीको मूल्य समेत प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । सोमबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ४५ रुपैयाँ  कायम गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!