तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

Posted on: 09 Oct, 2023

असोज २२, काठमाडौं | आज साताको दोस्रो दिन सुनको मूल्य बढेको छ ।

सोमबार बजारमा सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

त्यसैगरी सोमबार चाँदी मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!