१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मध्यपश्चिम विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त

१८ बैशाख २०८१, मंगलवार १२:१८

बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् ।

विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलियालाई नियुक्त गरेका प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।


सरकारले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो । छनोट तथा सिफारिस समितिले प्रा.डा.ध्रुवकुमार गौतम, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा.देवबहादुर खड्काको नाम सिफारिस गरेको थियो ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा समिति बनेको थियो । समितिले १२ र १३ वैशाखमा उम्मेदवारको प्रस्तुति तथा अन्तर्वार्ता सञ्चालन गरेको आधारमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट