तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 13 Oct, 2023

असोज २६, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढ्दै १ लाख १० हजार एक सय रुपैयाँ पुगेको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै बढ््दै १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!