मल्म बहुउद्देश्यीय सहकारीको नवौं साधारण सभा सम्पन्न

Posted on: 12 Nov, 2016


थम्मन थापा/कात्तिक २७, बागलुङ । मल्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मल्म गलकोट बागलुङको नवौं साधारण सभा आज सम्पन्न भएको छ । 

कार्यक्रम समुदघाटन पछि बोल्दै सहकारीकर्मी दुर्बलराज राज भण्डारीले वर्तमानको कमाईको केही अंश बचत गरि भविष्यलाई र बुढेशकालको साहारा भएको र त्यसको लागी सेयर सदस्यले नियमित बचत, ऋण समयमा भुक्तानी गर्नु पर्ने बताउनुभएको छ । 

कुल ५ सय १० सेयर सदस्य रहेको सहकारीमा अहिले रु ४७ लाख ६ हजार ६ सय सेयर पुककजी रहेको र आर्थिक वर्ष २०७२र०७३ मा सहकारीले ६ करोड १५ लाख ९० हजार २ सय ६ रुपैयाककको कारोबार गर्न सफल भएको छ । 

साधारण सभामा ऋण उपसमिति संयोजक सुवेदार टिका बहादुर थापा, लेखा समिति संयोजक विष्णु गौतम, संस्थापक अध्यक्ष दल बहादुर थापा र गलकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हटियाका उपाध्यक्ष टंक चालिसे र गलकोट सुचना तथा सन्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष राज बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

सो अवसरमा असल ऋणी, नियमित बचतकर्ता, असल बाल बचत, कृषि ऋणी, र ७५ वर्ष माथिका ज्येष्ठ सेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सहकारीको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

साधारण सभा संस्थाका उपाध्यक्ष छुम बहादुर थापाको अध्यक्षता, सहसचिव लोक बहादुर थापाको स्वागत र सचिव हरिदत्त गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!