चैत्राष्टमी मेला ०७३ को आय व्यय सार्बजनिक

Posted on: 10 Apr, 2017

चैत्राष्टमी मेला ०७३ को प्रारम्भिक आय ब्यय विवरण सार्बजनिक गरिएको छ । चैत्र १६ देखि २३ गतेसम्म संचालित मेलामा राष्टिय लोक दोहोरी, कालिका कप भलिबल, चैत्राष्टमी कप फुटबल, छेलो प्रतियोगिता समावेश गरिएको थियो । साथै स्थानिय तथा ख्याती प्राप्त कलाकारहरुले सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए । रमाइलो बाल उद्यान र सस्तो बजारले पनि मेलाको आकर्षण थपेको थियो । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

सोमबार आयोजित पत्रकार भेटघाटमा मूल संयोजक राजु खड्काले प्रारम्भिक आय व्यय सार्वजनिक गर्दै १९ लाख ८० हजार २ सय रुपैयां खर्च भएको र १४ लाख ८४ हजार १ सय १० रुपैयां आय भएको जानकारी दिनु भयो । साथै ६ लाख ५५ हजार रुपैयां आयोजक सस्थाहरु तथा प्रायोजक आदीबाट जम्मा हुन बाकी रहेको खड्काले जानकारी दिनु भयो । मेलाको नाममा ४४ हजार १ सय १० मौज्दात रहेको छ ।

चैत्राष्टमी मेलाको आय ब्ययको हिसाव बढीमा ३ महिना भित्र सार्बजनिक गरिने आर्थिक संयोजक कुमार खड्काले बताउनु भयो । मेला व्यवस्थापन समितिले पाउनु पर्ने रकम समयमै उपलब्ध गराइ दिन उहांले आग्रह गर्नु भयो । 

कालिका भगवती गुठीको मूल संयोजनमा आयोजित चैत्राष्टमी मेलामा जिल्ला समन्वय समिति, बानपा कार्यालय, रामरेखा सामुदायिक बन लगायतका ११ सस्थाहरु आयोजक रहेका थिए । मेलाको उप प्रधान मन्त्रि कमल थापाले उद्घाटन गर्नु भएको थियो । मेला व्यवस्थापनमा सहयोग गर्नु हुने सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!