यसरी मनायो बेञ्जुले आफ्नोे एक बर्ष (फोटो फिचर)

Posted on: 14 Apr, 2017

महेन्द्र केसी पर्वत । नव बर्षको अबसरपारी आजभन्दा ठिक एक बर्ष अगाडि कुश्मामा संचालनमा आएको होटल बेञ्जु प्रालिले एक बर्ष पुरा गरेको छ । सफताका साथ एक बर्ष पुरा गरेको अबसरमा पत्रकार सम्मेलन गरी होटल संचालक विषम कुमार श्रेष्ठले होटलले बर्षदिनमा  गरेको सफलताको कथा सुनाए ।

नव बर्षकै दिनमा आफ्नो सेवाहरु प्रराम्भ गरेको एक बर्ष पुरा भएको अबसरमा केक काटेर बेञ्जुले आफ्नो सफताको एक बर्ष मनाएको हो । सोही अबसरमा गत बर्ष सवारी दुर्घटनामा परी घाइते भएका र हाल उपचारकै क्रममा रहेका पत्रकार रामकृष्ण लामिछानेलाई आर्थिक सहयोग समेत गरेको छ । पत्रकार लामिछानेको उपचारको लागि ७ हजार ५ सय आर्थिक सहयोग गरेका हुन् ।

Image may contain: 3 people, people sitting

होटल संचालक विषम कुमार श्रेष्ठले पत्रकारहरुकै कारण होटलले बर्षदिन सफलताका साथ विताएको बताए । पर्यटकीय क्षेत्रका रुपमा बामे सरेको कुश्मा बजार त्यसमा उच्चस्तरीय होटलको संचालन गर्न खोज्नु आफैमा चुनौती रहेता पनि पत्रकारहरुले गरेको सूचना प्रवाहका कारण पनि आज होटलले एक बर्ष सफलताका साथ मनाउन सफल भएको भन्दै आमसंचारको तागतको प्रशंसा गरे ।

उनले जिल्लामा पर्यटकीय सम्भावना, उच्चस्तरीय होटलको कमी भएता पनि अझै जिल्लाको पर्यटकीय क्षेत्रको विकास र विस्तार भने हुन नसकेको बताए ।

Image may contain: 6 people, people sitting and indoor

जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई अझै पनि प्रचारप्रसारमा ल्याउन नसकिएको र पर्यटकहरुलाई वान नाइट बढी राख्ने बातबरण तय नभएको भन्दै यसमा यहाँका सचेत नागरिक र विकास प्रेमी लाग्नुपर्नेमा जोड दिए ।  बर्षदिनमा होटलले ४५ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको उनले बताए । बर्षदिनमा ३७४५ रुम बुकिङ भएको होटलले जनाएको छ ।

 ९ करोडको लागतमा निर्माण भएको होटलले छोटो समयमानै जिल्लामा रोजाईको होटल बन्न सफल भएको छ । आन्तरीक तथा बाह्य पर्यटकहरुको लागि समेत होटल रोजाइको होटल बन्न सफल भएको छ ।

Image may contain: one or more people

होटलमा १ हजारदेखि १५ सयसम्ममा आकर्षक (डिलक्स)) कोठाको व्यवस्था, ५० जना अट्न सक्ने २ मिटिङ हलसहति २५० जनासम्म बसेर कार्यक्रम गर्न सकिने सेमिनार तथा पार्टी हलको सुविधा, २४ संै घण्टा तातो चिसो पानीका साथै फ्रि वाइफाइ सुविधा, पर्यटककालागि एक दिने टुर व्याकेजको व्यवस्था र सवारी साधनका लागि उपयुक्त पार्किङको व्यवस्था लगायतका सेवाहरु दिदै आएको छ । 

 

Image may contain: 3 people, people sitting, fire and food

Image result for hotel benju


Related image


यस बिषयमा तपाइको प्रतिक्रिया...!