पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

Posted on: 16 Jun, 2017

असार २, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेल मूल्य घट्नेछ । 

निगमले घटाएको मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टीतेल १ रुपैयाँ ५० पैसाको बराबर शुल्कमा घटेको छ । 

मूल्य घटेपछि अब पेट्रोल १०० रुपयाँमा पाइनेछ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७६ रुपैयाँमा पाइनेछ । एलपीजी ग्यासको भने मूल्य घटेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!