खोटाङमा सडक विभागको लापारवाहीले वनको १० रोपनी जग्गामा क्षती

Posted on: 04 Sep, 2017

चिसाङ शेर्पा | भदौ १९, खोटाङ | स्तरोन्नती भईरहेको खोटाङको राष्ट्रिय सडकमा वेस राख्नका लागि वनको जग्गामा ठेकेदार कम्पनीले खोतली, खोतली ढुंगा निकाल्दा वनको १० रोपनी जग्गामा पहिरो तथा भुक्षयको खतरा वढेको छ । 

मध्यपहाडी लोकमार्गको विजुले – हुर्लुङसम्म १२ किलोमिटर सडक खण्डको नुनथला पानीट्याङकी भञ्ज्याङदेखी हुर्लुङसम्मको सडकमा ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीले सामुदायिक वनसंगको सम्झौतालाई तोड्दै मापदण्ड विपरीत ढुंगा, रोडाका लागि अत्याधिक सडक भत्काईएपछि हुर्लुङपाखा सामुदायिक वनको जग्गामा ठूलो क्षति भएको हो । 


१ सय ३५ घरधुरी उपभोक्ता रहेको सामुदायिक वनको ३९. ६० हेक्टर जग्गा रहेको छ । १ देखी ४ नम्बर व्लक रहेको वनको १ नम्बर व्लक अन्तरगत १० रोपनी जग्गा सडक विभागको एकलौटी शासनले नष्ट भएको हुर्लङपाखा सामुदायिक वनका अध्यक्ष टिकाराम तामाङले बताए । जिल्ला वन कार्यलयको निर्देशन र सामुदायिक वनको निर्णयमा सडकका लागि ५ सय रुख काट्न दिएको थियो । काटिएको ५ सयमा पुनः बृक्षरोपनका लागि आवाश्यक रकम वन कार्यलयले दिने शर्त हुंदा अहिलेसम्म ४५ वटा रुख वढी काटिएको छ ।

विकाससंगै विनास स्वभाविक हुने भए पनि यस क्षेत्रमा ढुङा धेरै निकाल्न पुरानो सडकको माथीमाथीको ढिस्को र भित्ता भत्काउदा वनमा घाँसदाउरा गर्न खतरा रहेको नुनथला १३ का वडासदस्य ढकराज शेर्पाले बताए । शेर्पाका अनुसार सडकमुनी ढुंगामुढा थुप्रिएको छ । २ खानेपानी मुहान, एक सार्वजनिक वाटो, १ सिंचाई मुहानमा ढुंगाहरु बग्रोल्ती थुप्रिएको छ । 

मध्यपहाडी लोकमार्गमा नाली बाहेक सवा ५ मिटर कालोपत्रे १ मिटर ग्राभेलसहित सवा ६ मिटर सडकको डिजाईन हो । सामुदायिक वन र सडक विभागको निर्णयमा वन क्षेत्रमा ८ मिटर सडक खन्ने निर्णय भएको थियो । निर्णयलाई वेवास्तागरी सडक विभागले उक्त क्षेत्रमा २२, २६ र ३५ मिटर सडक खनेको छ ।


माथिको तश्विरमा: खोटाङको मध्यपहाडी लोकमार्ग अन्तरगतको हुर्लुङपाखा सामुदायिक वनमा पहिरो खसेको सडक | तस्विर: चिसाङ शेर्पा / सास 

यस बिषयमा तपाइको प्रतिक्रिया...!