वाढी पिडितलाई जापानवाट झन्डै चार लाख सहयोग

Posted on: 13 Sep, 2017

चिसाङ शेर्पा/भदौ २८, खोटाङ । गत साउन २६ विहीवारदेखी २९ आईतवारसम्मको डुबानवाट विस्थापित भएका तराईका विभिन्न स्थानका वाढी पिडितहरुलाई पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले ३ लाख ९६ हजार ११ जापानी येन आर्थिक सहयोग गरेको छ । 

तराईका २६ जिल्लामा बाढिका कारण ठुलो धनजनको क्षति पु¥र्याएपछि पूर्बी नेपाल बिकास सहकार्य केन्द्र जापानले आर्थिक सहयोग संकलन सुरु गरेको थियो । 

केन्द्रका सदस्यहहरु र जापानबासी नेपालीहरु गरी १०६ जना ब्यक्तिवाट उक्त  सहयोग रकम संकलन भएको थियो । 

प्रवासमा रहेका जापानवासीले सहयोग गरेको रकमलाई व्यवस्थित बनाउँन नेपालस्थित बिभिन्न संघसंस्थाहरु मार्फत वाढी पिडित जिल्लामा सहयोग बितरण गरिएको केन्द्रका अध्यक्ष शुभाष लोहनीले जानकारी दिनुभयो ।

अध्यक्ष लोहनीका अनुसार ८० हजार येन सुनसरी जिल्लाका लागि युवा बिकास मन्च, सुनसरी, ७० हजार येन HDNP (Help for Desperate and Needy People) मार्फत सप्तरी, नारी बिकास मन्चको माध्यमवाट मोरङलाई ८० हजार येन र झापा जिल्लालाई नेपाल रेडक्रस सोसाइटी मार्फत ८० हजार गरी ३ लाख १० हजार जापनी येन हस्तानतरण गरिएको बताए । 

केन्द्रले मंगलबार टोकियोमा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अब संकलित रकममध्ये ८६ हजार ११ येन बाँकी रहेको र त्यसलाई वाढी पिडितहरुको दिर्घकालिन पुनस्र्थापनाका लागि वितरण गरिने छ ।

यसैविच, पुर्वी नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष शुभाष लोहनीले दशै तिहारपछि पत्रकार महासंघ शाखा खोटाङ र मोरङका लागि एक÷एक थान कम्प्युटर प्रदान गर्ने वताउनु भएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!