बास्तोला कम्पेक्सले दशै ब्यापार मेला गर्ने

Posted on: 13 Sep, 2017

कमल सुबेदी | भाद्र २८ पोखरा | पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महान चाड  वडा दशै अबसर पारेर  ब्यापार मेला  गर्ने  भएको छ । मेला  यहि  असोज बाट ३ गते ७ गते  सम्म संचालन हुने बास्तोला कम्प्लेक्सका संचालक उमराज बास्तोलाले जानाकारी दिए । ब्यापार ब्यबसायका लागि प्रबर्धन, कला संस्कृतको जगेर्ना गर्ने  उदेश्यले मेला आयोजना गरिएको बास्तोलाले बताए  । मेलामा राष्ट्रिय स्तरका  चर्चित  लोक दाहोरी गाएक हरुको बेजोड प्रस्तुती रहने कम्पेक्सले जनाएको छ  । मेला अबधिभर चालिस हजार दर्शकले  मेलाको अबलोकन गर्ने र ५ करोड बराबरको कारोबार हुने  आयोजकले दाबि गरेको छ ।  पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य  मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना  गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि  सुन सम्म जिरा देखी हिरा सम्म पाइने  बास्तोला कम्पेक्सका संचालक बाबुराम आचार्यले जानाकरी दिए  । कम्प्लेक्सले दशै तिहार र छट पर्वको अबसर पारेर उपहार योजना पनि  सुरु गरि सकेको  छ । ग्राहकको हितलाई मध्यनजर गरी बास्तोला कम्प्लेक्सले  दशै र तिहारलाई लक्ष्ति गर्दै उपहार योजना सार्वजनिक गरेको हो ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!