सुनको भाउ बढ्यो

Posted on: 12 Jan, 2018

पुस २८, काठमाडौं  । सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ । 

सुन आज तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!