१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालले भोलिसम्म विश्वकपका लागि राष्ट्रिय टोली घोषणा गर्नुपर्ने

१८ बैशाख २०८१, मंगलवार ०८:०४

बैशाख १८,  काठमाडौँ । आसन्न आईसीसी टी-२० विश्वकपका लागि नेपालले बुधवारसम्म राष्ट्रिय टोलीको घोषणा गर्नुपर्ने छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अमेरिका र वेस्ट इन्डिजमा हुने प्रतियोगितामा सहभागी हुने २० वटै टोलीलाई बुधवारसम्म अन्तिम टोली घोषणा गर्नुपर्ने समय सीमा तोकेको छ। नेपाल क्रिकेट संघ(क्यान)ले विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्ने छ।


जुन १ देखि प्रतियोगिता सुरु हुँदै छ। नेपालले अहिले घरेलु मैदानमा वेस्ट इन्डिज एसँग ५ खेलको टी-२० शृङ्खला खेल्दै छ। यो शृङ्खलाका लागि प्रारम्भिकरुपमा १६ सदस्यीय टोली घोषणा गरिएकामा पछि ४ खेलाडी थपिएको थियो।

वेस्ट इन्डिज ए शृङ्खलाका लागि रोहित पौडेल, अनिल शाह, लोकेश बम, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द, अविनाश बोहरा, कमलसिंह ऐरी, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी, विनोद भण्डारी, करण केसी र सन्दीप जोरा नेपाली टोलीमा छन्।

यीमध्ये रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी,सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, अविनाश बोहरा टोलीमा पर्ने सम्भावना बलियो छ। अनिल शाह, विवेक यादव, आरिफ शेख, सागर ढकाल र प्रतिश जिसी पनि प्रत्याशी हुन्।

यीमध्ये हालै ओमानमा भएको एसीसी प्रिमियर कपमा सहभागी १४ सदस्यीय नेपाली टोलीमा सागर र आरिफ थिएनन्। नेपालले विश्वकपका लागि यसअघि नै सम्भावित टोलीको नाम भने पठाई सकेको छ। अब यीमध्येबाट १५ सदस्यीय टोली घोषणा हुने छ। नेपाल १० वर्षपछि विश्वकपमा सहभागी हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट