गण्डकी विकास बैंकले १९.३१ प्रतिशत बोनस शेयर दिने

Posted on: 11 Jun, 2018

जेठ २८, काठमाडौं । गण्डकी विकास बैंकको १०औं बार्षिक साधारणसभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले चुक्ता पूँजीको १९.३१ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो।  

बोनस शेयर वितरणसँगै बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। सभाले आगामी चार बर्षका लागि ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ। 

संस्थापक शेयरधनीका तर्फबाट पद्मप्रसाद पौडेल, सुशिल गौचनर, किशोर ओझा सञ्चालक चुनिएका छन् भने साधारण शेयरधनीबाट नारायणवहादुर बानियाँ, कृष्णवहादुरा थापा क्षेत्री र वासुदेव त्रिपाठी चयन भएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!