साउदी, कतार, मलेसिया, दुबई लगायत देशहरुको पैसाको सटहीदर कति ? सुचिसहित

Posted on: 26 Nov, 2018

मंसिर १०, काठमाडौं । सोमबार रियाल, रिंगिट, दिर्हाम र बहराइन दिनारको भाउ सोमबार स्थिर छ । कुवेती दिनार र कोरियन वनको मूल्य भने केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ०६ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रिदर ३१ रुपैयाँ १४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रिदर २७ रुपैयाँ ०३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९५ र बिक्रिदर १० रुपैयाँ रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ १४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ १५ पैसा र बिक्रिदर ३ सय ७४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!