खानेपानी स्वच्छता योजना निमार्ण गर्न ४० जना तथ्यांक सङ्कलनकर्ता परिचालन

Posted on: 26 Nov, 2019

दान बहादुर बुढा | मंसिर १०, मुगु | स्थानिय सरकारको संरचना निमार्ण भएपछि स्थानिय जनताहरुले सहजै रुपमा स्वच्छ खानेपानी समयमा नै पावस भन्ने उदेश्यले मुगु जिल्लाका ३ वटा स्थानिय तह र जुम्ला जिल्लाको एक स्तानिय तहले खानेपानि स्वच्छता योजना निमार्णको लागी ४० जना तथ्यांक संकलकहरुलाई परिचालन गरेको छ |


मुगु जिल्लाको छायानाथ रारा नगरपालिका ,खत्याड गाँउपालिका , मुगमकामारो गाँउपालिका र जुम्ला जिल्लाको कनका सुन्दरी गाँउपालिकाको स्थानिय तहको खानेपानि सरसफाई तथा स्वाच्छता योजना निमार्णको लागि यूनिसेफ नेपालको आर्थिक सहयोगमा स्थानिय हिरिसडेक नामक सस्थाको समन्वयमा स्थानियतहको खानेपानि सरसफाई तथा स्वच्छता योजना बनाई नेपाल सरकारको २०३० सम्म सबै बस्ती ठाँउ,टोल, शहर  बस्ने मानिसहरुले स्वच्छ खानेपानि तथा सरसफाईको पहुचमा पुराउने लक्ष्य अनुसार मुगु जिल्लामा रहेको ३ स्थानिय तहमा र जुम्ला जिल्लाको एक स्थानिय तहमा पहिले पटक खानेपानि स्वच्छता योजना निमार्णको तथ्यांक संकलनको लागी स्थानिय तहले १० जनाको रेसीयोमा ४० जना तथ्यांक संकलनकर्ता पहिचालन गरेको छ | तथ्यांक संकलनकहरुले स्थानिय बासिहरुको टोल टोल बस्ती बस्ती पुगेर मोवाईल एप्सबाट खानेपानिको आयोजना,अबस्था,जीर्ण अबस्था ,मुहान देखी समुदाय सम्मको खानेपानि अबस्था बारे फोटा र सत्यतथ्य डाटा लिनको लागी यो पहिलो पटक मोवाईल एप्स बाटतथ्यांक संकलन गर्न लागेको हिरिसडेक मुगुका कार्यकारी र्निदेशक मिन बहादुर रावलले बताएका छन |


तथ्यांक संकलनकर्तालाई ३ दिनको तालिम दिएको छ | गणकहरुले फिल्डमा गएर सहि तथ्यांक संकलन गर्ने छन | पछिल्लो समयमा स्थानिय सरकार केन्द्र सरकार ,प्रदेश सरकार र बिभिन्न संघ सस्थाहरुले खानेपानि तथा सरसफाईमा काम गर्दै आए पनि दिगो रुपमा आयोजना सन्चालन नहुर्ने स्थानियले बताएका छन् | सरसफाईमा सुधार नआएको र स्वाच्छा खानेपानि खान नपाएका हुलाने आउदा दिनहरुको दिगो योजना स्वच्छ र सरसफाई सबै स्थानिय बासीमा पुराउर्ने सबै जना सरसफाई रस्वच्छ खानेपानि आएको महशुस हुने भएकाले ४ बर्षे योजनाका रुपमा अगाढी बढ्ने लक्ष्य रहेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिéशाहीले बताए |


 




यस बिषयमा तपाइको प्रतिक्रिया...!