मंसिर २७, काठमाण्डौ । शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ भने घटबढ भएको छैन । आज चाँदी तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!