माघ १, काठमाण्डौं | काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ |
बुधबार दिउँसो थाई एयरलाइन्सको उडानबाट बैंकक जान लागेका इलाम मासेवुङ गाँउपालिका-१ का दिलेन्द्र योङहाङ लागूऔषध चरेससहित पक्राउ परेका हुन् |
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!