वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स ०.५ प्रतिशतले घट्यो

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौं | चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स (विप्रेषण )०.५ प्रतिशतले घटेको छ | उक्त समयमा रेमिट्यान्स घटेर ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ मात्रै आएको छ |

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो | अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो | समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो |

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा कुल ट्रान्सफर आय १.१ प्रतिशतले ह्रास भई ५ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!