सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने व्यवसायीको घोषणा

Posted on: 21 Jul, 2020

साउन ६, काठमाडौं । बिहीबार (साउन ८) देखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा  पत्रकार सम्मेलन गरी साउन ८ बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।


सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा  सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए । अहिले यातायात व्यवसायीको माग केही हदसम्म सम्बोधन भएपछि उनीहरु गाडी चलाउन तयार भएका हुन् ।

छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले तत्काल लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न सम्भव नभए प्रदेशस्तरमा भनेपनि गाडी संचालन गर्न दिने निर्णय गर्न सरकारसँग माग गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!