सुनको मूल्य १७ सय घट्यो,कति पुग्यो प्रतितोला ?

Posted on: 02 Mar, 2021

फागुन १८, काठमाडौं । मंगलबार नेपालमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा प्रतितोला रु १ हजार ७ सयले घटेर छापावल सुनको मूल्य ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमाबर छापावल सुनको भाउ ८८ हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला रु भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजोको तुलनामा प्रतितोला रु ४० ले घटेर १२९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!