घट्यो सुनको मूल्य

Posted on: 19 Mar, 2021

चैत ६, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज छापावाल सुनको मूल्य रु ५ सयले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि बुधबार प्रतितोला सुन ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार २ सय ५० कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । हिजोको तुलनामा आज प्रतितोला रु १५ ले बढेर चाँदीको मूल्य १२ सय ७५\ कायम भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!