सिंगटी इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

Posted on: 23 Mar, 2021

चैत १०, काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले सर्वसाधरणका लागि  निष्कासन आइपीओमा आज साँझ ५ बजेसम्म मात्रै  आवेदन दिन पाइनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीका लागि र ५  प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानिकोषका लागि छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधरणकालागि खुलाएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल्स मार्केट्स रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!