कोभिड-१९ को खोप लगाएकाहरुलाई चन्द्रागिरी केबलकारमा २५ प्रतिशत छुट

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । कोभिड-१९ को भ्याक्सिन लगाएकाहरुलाई चन्द्रागिरी केबलकारमा यात्रा गर्दा २५ प्रतिशत छुट हुने भएको छ । कम्पनीले बुधबार सूचना जारी गर्दै कोभिड-१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य समेत सुरु भएकाले आगन्तुकहरूलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको हो । 

'विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ' सूचनामा भनिएको छ ।

उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने छ । उक्त योजना वैशाख ९ गते देखि जेठ १७ सम्म लागुहुने कम्पनीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!