एउटा पुनर्बीमा कम्पनी थपिंदै, लाइसेन्स दिन बीमा समितिले माग्यो आवेदन

Posted on: 29 Apr, 2021

वैशाख १६, काठमाडौँ । बिमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग गरेको छ । समितिले आज एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको हो ।

पुनर्बीमा व्यवसायलाई थप प्रतिष्पर्धी,  प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रका लगानीमा थप एक पुर्नबीमा कम्पनी स्थापनाका लागि इच्छुक व्यक्ती तथा लगानीकर्ता संस्थाका लागि आह्वान गरिएको हो ।

पुनर्बीमा कम्पनीको प्रस्ताव गर्दा चुक्ता पुँजी कम्तीमा १० अर्ब हुनुपर्नेछ । साथै हाल नेपालमा एउटमा मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । नयाँ आवेदनकले हाल सञ्चालन भइरहेको उक्त कम्पनीमा लगानी गरेको भए आवेदन दिन नपाउने समितिको भनाइ छ ।

साथै समितिले यसअघि पुनर्बीमा कम्पनीका लागि समितिमा दर्ता भएका सबै आवेदन रद्द गरिएको समितिले जानकारी दिएको छ । समितिले एउटा मात्रै पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो ।

इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र दिउँसो १२ बजेसम्म रितपूर्वक भरेको आवेदन दिन सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!