साना लगानीकर्तालाई सेयर बेच्ने वित्तिकै भुक्तानी दिन धितोपत्र बोर्डको निर्देशन

Posted on: 13 May, 2021

वैशाख  ३०, काठमाडौँ । नेपाल धितोपत्र बोर्ड साना सेयर लगानीकर्ताहरुलाई सेयर बेच्ने वित्तिकै भुक्तानी दिन ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ । साना लगानीकर्ताहरुलाई घर खर्च चलाउन तथा उपचारमा सहयोग पुग्ने गरि सम्भव भएसम्म सेयर बेचेको रकम तत्काल उपलब्ध गराउन बोर्डले निर्देशन दिएको छ ।

साना लगानीकर्ताहरुले घरखर्च चलाउन तथा औषधी उपचारका लागि आवश्यक रकम माग गरेको अवस्थामा बेच्ने वित्तिकै उपलब्ध गराएर सहयोग गर्न बोर्डले भनेको हो ।

धितोपत्र बोर्डले ब्रोकर तथा मर्चेन्ट बैंकरहरुलाई तीन जना कर्मचारीबाट कार्यालय सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!