११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसले उठायो सभामुखको भूमिकामा प्रश्न, प्रतिपक्षीलाई बोल्न नदिएको आरोप

७ जेष्ठ २०८१, सोमबार ०९:०९

जेठ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ।

प्रतिनिधि सभा बैठक बसेपछि सोमबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले पटक-पटक बोल्न माग गरे पनि सभामुख घिमिरेले समय नदिएको सभामुखको भूमिकामाथि प्रश्न उठाएको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले भने, ‘आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलले पटक-पटक बोल्न माग गर्‍यौं। तर सभामुखजीले हामीलाई बोल्ने अवसर दिनुभएन। सदनमा बोल्न विपक्षी दलले प्राथमिकता पाउँछ, यो संसारभरको चलन हो।’


संसद विपक्षीको हुन्छ भन्ने मान्यता पनि स्थापित रहेको उनको भनाइ छ।

‘आज सभामुखजीले विपक्षी दललाई पनि बोल्न दिनुभएन। सभामुखजीले विपक्षी दललाई बोल्न नदिनुका पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ,’ उनले भने, ‘सत्ता पक्षको निरंकुशताको मनोवृत्ति छ। यसले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार र अनुदार भएको पुन:पुष्टि गरेको छ।’

कांग्रेसले सरकारलाई लोकतन्त्र र संसदीय मूल्य र मान्यताका विपरीत नजान पनि चेतावनी दिएको छ।

सोमबार प्रतिनिधि सभामा कांग्रेससहित विपक्षी दलले विरोध गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वास मत लिएका थिए। प्रधानमन्त्री दाहाललाई एक सय ५७ जना सांसदले विश्वास मत दिएका थिए।

सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह