राधी विद्युत् कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत बोनस दिने

Posted on: 17 May, 2021

जेठ ३, काठमाडौं । राधी विद्युत् कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट हाल कायम रहेको चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँ बराबर बोनस सेयर दिने घोषणा गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!