भोलिदेखि मनकामना स्मार्ट लघुवित्तले आइपीओ निष्काशन गर्ने, कहिलेसम्म पाइन्छ आवेदन दिन ?

Posted on: 30 Jun, 2021

असार १६, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गते (भोलि) देखि आइपीओ निष्काशन गर्ने भएको छ ।संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । 

३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । 

यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!