जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, यसरी थाहा पाउनुहोस् नतिजा

Posted on: 07 Jul, 2021

असार २३, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट गरिएको छ । आइपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपीओ बाँडफाँट भएको हो । 

माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । जसमा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर पाएका छन भने ५ जनालाई ११ कित्ताका दरले सेयर परेको छ । 

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारी र ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डका लागि छुट्याएको थियो । बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरेको थियो ।

२० लाख ८७ हजार ३१७ जनाको अवोदन परेकोमा ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ । योग्य लगानीकर्ता २० लाख १८ हजार ३०८ जना रहेका छन् ।

आईपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, मेरोसेयरजीवन विकास लघुवित्तको वेबसाइट वा सिडिएससीको आइपीओ रिजल्ट हेर्ने वेबसाइटपनि थाहा पाउन सकिनछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!