बुद्धभुमि हाइड्रोपावरको आइपीओ साउन ३२ गतेदेखि बिक्री खुल्ला हुँदै

Posted on: 08 Aug, 2021

साउन २४, काठमाडौं । बुद्ध भुमि हाइड्रो पावर कम्पनीले साउन ३२ गतेदेखि साधारण सेयर (आएपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्ला बासिन्दाको लागि आइपीओ बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले साउन १४ गते धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको कुल १२ लाख कित्ता आइपीओ निष्काशनको अनुमति आएको थियो । जसको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आएपीओ आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि बिक्री गर्ने लागेको हो । कम्पनीले २० प्रतिशत अर्थात् ८ लाख कित्ता आएपीओ सर्वसाधारणको लागि जारी गर्ने छ ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित उक्त आइपीओमा आवेदकले न्यूनतम १० कित्तादेखि आधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । सो आइपीओ बिक्री कम्पनीले छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गते बन्द गर्ने कम्पनीले जनाएको छ । कम्पनीको आइपीओ बिक्री प्रवन्धकमा सिभिल क्यापिटल रहेको छ ।

इच्छुक आवेदकले नुवाकोट जिल्लामा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!