शुक्रबार कति छ सुनको मूल्य ?

Posted on: 13 Aug, 2021

साउन २९, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ  । बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११८५ रुपैयाँमा कारोबार भएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!