सानिमा लाइफको आईपीओ बाँडफाँड, हेर्नुहोस् नतिजा

Posted on: 14 Aug, 2021

साउन ३०, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका छन् ।

२४ लाख १९ हजार १ सय २७ जनाले आवेदन दिएकोमा ५ हजार ४३४ आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८ हजार १२२ जनामध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन् । रितपूर्वक आवेदन दिएका मध्ये पनि १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ ।

कम्पनीले श्रावण २० गतेबाट ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार सानिमा लाइफको वेबसाइट https://sanimalife.com/ बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट http://results.prabhucapital.com/  सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!