सुनको मूल्य एकैदिन तोलाको एक हजारले बढ्यो

Posted on: 15 Aug, 2021

साउन ३१, काठमाडौं । आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँ थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा गत बुधबार सुन प्रतितोला ८८ हजार ८ सयसम्म आइपुगेको थियो। त्यसयता फेरि क्रमिक बढेको हो। चाँदीको कारोबार मूल्य आइतबार प्रतितोला १२ सय ५ रुपैयाँ भएको छ। गत शुक्रबार ११ सय ८५ थियो। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!