‘बजाज खुशीको ३ डोज’ दसैं अभियान शुरु, के के छन् सुविधा ?

Posted on: 29 Aug, 2021

भदौ १३, काठमाडौं । दसैंको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

बजाजले सधैं ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आएको छ । कोभिड–१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाँड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको जनाएको छ । दसैंको समयमा बजाजले उपभोक्तालाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने, खुसीका साथ उत्सव मनाउने र ग्राहकको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।


बजाजले सधैं विभिन्न पहल र अफरहरुका साथ ग्राहकलाई समावेश गर्दै आइरहेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखत र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि दश लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्दछन् ।

“बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ” हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “बजाजले दसैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले नयाँ अफर लयाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!