सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

Posted on: 10 Sep, 2021

भदौ २५, काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत् ल्याएको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको रहेकोमा अर्थमन्त्री शर्माले १५ अर्ब रुपैयाँले बजेटको आकार घटाएका हुन् ।

शुक्रबार प्रतिनिधि सभामा बिनियोजन विधेयक २०७८ प्रस्तुत गर्दै बजेटको आकार घटेको जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!