कलंकी भाटभटेनी परिसरमा हिमालयन जाभा कफीको आउटलेट संचालनमा

Posted on: 11 Sep, 2021

भदौ २६, काठमाडौं । हिमालयन जाभा कफीको नयाँ आउटलेट शुक्रबारदेखि कलंकीमा सञ्चालनमा आएको छ । धुर्व रिजाल र नविन खड्काको एनडी थर्टीनाइन समुह (ND39) ले कलंकी स्थित भाटभटेनी परिसरमा हिमालयन जाभाको आउटलेट शुक्रबारबाट संचालनमा ल्याएका हुन् । 

डेढ करोड भन्दा माथिको लगानीमा हिमालयन जाभाको आउटलेट संचालनमा ल्याइएको व्यवसायी धुर्व रिजालले जानकारी दिए । पछिल्लो समय नेपालमा कफी संकृतिको मोहले गर्दा अरु थप शाखा खोल्न हौसला मिलेको व्यवसायी धुर्व रिजालले बताए ।


धुर्व र नवीनको कम्पनी ND39 ले सेल्सबरी डिपार्टमेन्ट स्टोर परिसरमा यसअघि नै हिमालयन जाभाको आउटलेट संचालनमा ल्याइसकेका छन् भने धुर्वले अन्य व्यवसायीसंग मिलेर महाराजगन्जको निर्मल निवाल अगाडी हिमालयन जाभाको आउटलेट संचालनमा ल्याइसकेका छन् । 


२ वटै आउटलेट संचालनमा सफलता मिलेसंगै ND39 समुहले निकट भविष्यमा नै होम टाउन नेपालगंज लगायत अन्य ठाउँमा समेत ५ देखि ७ वटा सम्म हिमालयन जाभाको आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको उनले बताए । धुर्व म्यानपावर व्यवसायी हुन् भने खड्का कोहलपुरका ठुला कपडा ब्यवसायी हुन् । धुर्व र खड्का दुइ जनाको साझेदारीमा घर जग्गाको कारोबार गर्दै आएका छन् ।


हिमालयन जाभा अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नेपाली फेन्चाइज कफी सप हो । विश्व प्रशिद्ध इन्डोनेसियाली ब्रान्ड जाभा र नेपाली गौरव झल्काउने हिमालयन जोडेर बनाइएको हिमालन जाभा कफी पारखीको लागि रोजाइको गन्तव्य बनेको छ । झन्डै दुई दशक अघि ठमेलको त्रिदेवी मार्गबाट हिमालयन जाभा सुरु भएको हो । नेपाली ब्राण्ड हिमालयन जाभा कफीको  देश तथा विदेशमा गरी ४० भन्दा बढी शाखा संचालनमा आईसकेका छन् । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!