घट्यो सुनचाँदीको मूल्य

Posted on: 12 Sep, 2021

भदौ २७, काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो । 

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै सस्तिँदै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!