सोमबार कति मुल्यमा हुँदैछ सुनको कारोबार ?

Posted on: 20 Sep, 2021

असोज ४, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत हप्ताको शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर ८९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहँदै सोमबार थप तोलामा २०० रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँमा झरेको हो । 

यस्तै चाँदीको मूल्य समेत सोमबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार १३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत आइतबार चाँदी एक हजार १५० रुपैयाँमा कारोबार भएको थियो । असोज महिना लागेदेखि निरन्तर ओरालो यात्रामा रहेको सुनचाँदीको मूल्य असोज १ गतेदेखि आज ४ गतेसम्ममा क्रमशः १६ सय रुपैयाँ र ६५ रुपैयाँले सस्तिन पुगेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!