२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

३१ बैशाख २०८१, सोमबार ०८:५१

बैशाख ३१, काठमाडौँ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको छ । 

रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा २ वर्षसम्म राम्रोसँग काम गर्न सक्ने चिकित्सकहरूले बताएका थिए ।


प्रत्यारोपण गरिएको अस्पतालले रिचर्डको मृत्युको कारण सुँगुरको मिर्गौला नभएको बताएको छ । प्रत्यारोपण टोलीले रिचर्डको मृत्युप्रति दुःख व्यक्त गरेको छ । सुँगुरको मृगौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने रिचर्ड पहिलो व्यक्ति थिए । यसअघि सुँगुरको मिर्गौला ब्रेन डेड व्यक्तिको शरीरमा मात्रै प्रत्यारोपण गरिन्थ्यो ।

सुँगुरको मुटु पनि दुई जनामा ​​प्रत्यारोपण गरिएको छ । तर, शल्यक्रिया गरेको केही महिनामै उनको मृत्यु भयो । रिचर्डको पहिलो मृगौला प्रत्यारोपण सन् २०१८ मा भएको थियो । तर, त्यो मृगौला पनि फेल भएर फेरि डायलासिस गर्नुपर्‍यो ।

रिचर्डको शल्यक्रिया भएको एक महिनापछि, अप्रिलमा, न्यू जर्सीकी लिसा पिसानो नामकी महिलाको पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसबाहेक उनको मुटुको धड्कन जारी राख्नका लागि मेकानिकल पम्प पनि जडान गरिएको थियो ।

हाल अमेरिकामा करिब १ लाख १० हजार मानिस अंग प्रत्यारोपणको पर्खाइमा छन् । तीमध्ये धेरैजसो मृगौला प्रत्यारोपणको पर्खाइमा छ । अमेरिकामा हरेक वर्ष अंग प्रत्यारोपणको अभावमा ६ हजारभन्दा बढी बिरामीको मृत्यु हुने गरेको आँकडा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले