राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन

Posted on: 28 Sep, 2021

असोज १२, काठमाडौं । नेपाल राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ । परिवर्तन पछिको उक्त विभागको नयाँ नाम मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको हो ।    

राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ- यस बैंकको सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागको नाम नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको व्यहोरा जानकारी गराएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!