४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, कसको कति कारोबार ?

Posted on: 14 Dec, 2021

मङ्सिर २८, काठमाडौँ | केहिदिनदेखि लगातार घटेको नेप्से सूचकमा मंगलबार एकाएक छलाङ देखिएको छ । बुधबार एकैदिन ६% बढीले बढेको नेप्से १३७ अंकले बढेर कारोबार समय अगावै सर्किट लागेर बन्द भएको छ । 

मंगलबार ४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ  । मंगलबार कारोबार सुरु भएको करिब डेढ घण्टामा नै नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो भने खुलेको केहि मिनेटमै फेरी बढेपछि ६ प्रतिशत पुगेर सर्किट लाग्न पुगेको हो । यो संगै नेप्सेको सूचक २४१८.८४ विन्दुमा पुगेको छ ।

आज २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता शेयर १ अर्ब ८४ लाख २६ करोड ४७ हजार १४४ रुपैयाँमा खरिद बिक्री भएको छ ।

एकै दिन १०% ले बढेका ४३ कम्पनीहरु: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!