स्रोत नखुलेको १६ लाख नगद सहित पक्राउ

Posted on: 23 Dec, 2021

पुस ८, काठमाडौँ | स्रोत नखुलेको १६ लाख रुपैयाँ सहित  एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेका  छन् । 

उनलाई बिहीबार बिहान प्रहरी कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा रन्देशलाई १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!