अमेरिका, सिंगापुर लगाएत देशबाट २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात

Posted on: 26 Dec, 2021

पुस ११, काठमाडौँ | चालु आर्थिक वर्षको ५ महिनामा २ करोड ७ लाख बराबरको नक्कली गरगहना आयात भएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा २ करोड ७ लाख रुपैयाँ नक्कली गहना र ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ करोडको सुन र १ अर्ब २५ करोड रुपैयाँको चाँदी आयात भएको हो । नेपालमा पाउडर तथा चाँदी हङकङ, स्विट्जरल्यान्ड, इण्डोनेसिया, अमेरिका, टर्की, बहराइन, ग्रिसलगायतका देशहरूबाट आयात हुने गरेको विभागले जनाएको छ ।

त्यस्तै, ७ करोड ९५ लाख बराबरको काँचो सुन आयात भएको छ । यस अवधिमा १ अर्ब ८८ करोडको सुन आयात हुँदा ५ करोड ९४ लाख बराबरको सुनको गहना र २ करोड २१ लाख बराबरको बहुमूल्य धातु आयात भएको विभागको तत्थ्याङ्कमा उल्लेख छ । केन्या, जापान, मोरक्को, टर्की, अमेरिका, सिंगापुर, थाइल्याण्ड कतारलगायतका देशहरूबाट नेपालमा सुन आयात हुने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!