नेप्से कारोबार ७१.२० अंकले उकालो !

Posted on: 26 Dec, 2021

पुस ११, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको हो । 

त्यस्तै, कोरोबार रकममा पनि बृद्धि भएको छ । आज ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बिहिरबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो । 

नेप्सेका अनुसार आज २९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा १५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् । 

आइतबार १० प्रतिशतले शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एसिएन लाईफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुँरास लाईफ इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स, ज्योति लाईफ इन्स्योरेन्स, प्रभु लाईफ इन्स्योरेन्स, सानिमा लाईफ इन्स्योरेन्स,  र मध्यभोटेकोशी जलविदुत कम्पनी रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!