सुनको मूल्य एक सातामै तोलामा १४०० रुपैयाँले वृद्धि

Posted on: 21 Jan, 2022

माघ ७, काठमाडौँ | एक सातामै सुनको मूल्य प्रतितोला १४०० रुपैयाँ बढेको छ । माघ महिनाको पहिलो सातादेखि नै नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको भाउ केही बढेको छ । प्रतिऔंस सुन १८४०.६३ र चाँदी २४.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेपालमा आज (शुक्रबार) छापावाल सुन प्रतितोला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

एक साताभित्रै चाँदीको मूल्य पनि प्रतितोलामा ७५ रुपैयाँ बढेको छ । आइतबार १२५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १३२५ रुपैयाँ पुगेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!