साउदी अरबका राजकुमार काठमाडौंमा

Posted on: 14 Mar, 2022

फागुन ३०, काठमाडौँ । साउदी अरेबियाका विदेशमन्त्री समेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् । 

दुई दिने औपचारिक नेपाल भ्रमणका लागि उनी आज आइपुगेका छन् । परराष्ट्र सचिव भरत राज पौड्यालले साउदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

राजकुमार साउद राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ताका साथै परराष्ट्र मन्त्री नारायण खड्कासँग बैठकको कार्यक्रम छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!