सुनको मूल्य घट्यो, आजको बजार भाउ कति?

Posted on: 20 Oct, 2022

कात्तिक ३, काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 


आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १ हजार १७० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!