घट्यो सुनको मूल्य, आज कतिमा हुँदै कारोबार ?

Posted on: 21 Oct, 2022

कात्तिक ४, काठमाडौँ | नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!