अब काठमाडौंबाट चार्टर्ड उडान गर्न नपाइने, भैरहवास्थित एयरपोर्टबाट मात्र पाइने

Posted on: 30 Oct, 2022

कात्तिक १३, काठमाडौँ । सरकारले अब त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न प्रतिबन्ध लगाएको छ । भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको हो । 

दैनिक ४० उडान क्षमता भएको भैरहवास्थित एयरपोर्टले विमान उडानमा कमि आएपछि सञ्चालन खर्च समेत उठाउन नसकेपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो । 

त्यस्तै प्राधिकरणले काठमाडौँबाट दैनिक तीन भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न बाध्यकारी गराउने गरी त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरिदिएको छ । प्राधिकरणले उडान कटौती गरिदिएपछि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अब भैरहवा स्थित विमानस्थलमा २–२ वटा अन्तर्राष्ट्रिय उडान गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

यसै नियमानुसार तीन भन्दा बढी उडान भर्ने विदेशी वायुसेवा कम्पनीहरुले समेत आगामी १५ डिसेम्बरदेखि भैरहवामा उडान भर्ने तालिका बनाउन पर्ने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!